२५ पुस २०८२, शुक्रबार | January 9, 2026

नवलपुरको मध्यबिन्दुमा बोरा भित्र महिलाको शव फेला, हत्या भएको आंशका



नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिका ११ बाउन्ने कुनास्थित पूर्व–पश्चिम राजमार्गको कल्भट मुनि रहेको कुसुन्डे सिँचाइ नहरमा बोराभित्र एक महिलाको शव फेला परेको छ।

आज बिहान सेतो रङको ‘कृषि सामग्री कम्पनी लिमिटेड’ लेखिएको बोरा भित्र मानिसको शव रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी अरुणखोलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी सहायक निरीक्षक भरत थापाको कमाण्डमा ४ जनाको टोली तत्काल घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अवस्थामा शवको पहिचान खुल्न नसके पनि अनुसन्धानका क्रममा मृतक मध्यबिन्दु नगरपालिका–१० की करिब ३५ वर्षीया रिता मुसहर रहेको खुलेको छ। शव बोरा भित्र राखी नहरमा फालिएको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मान्दै प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनास्थल सुरक्षित गरी थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : २३ बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

नवलपुरमा घटे महिला मतदाता

नवलपुर । अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा । बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा