१ चैत्र २०८२, आइतबार | March 15, 2026

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, मधेशी दलबीच समीकरण; नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिँदै



काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी दल लोसपा बीच गठबन्धन भएको छ ।

कांग्रेस, एमाले, नेकपा र मधेशी दलबीच समीकरण बनाउने गरी सुरुमा छलफल भएपनि आफ्नो मतभारअनुसार चार सिट पाउनुपर्ने नेकपाको मागलाई कांग्रेस एमालेले अस्वीकार गरेपछि समीकरण फेरिएको हो । अब नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिने भएकोछ । नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आफ्ना उम्मेदवारहरुलाई टिकट वितरण गरिसकेका छन् ।

आफ्नो मतभारबाट कटाएर एमालेलाई एक सिट थप्नुपर्ने कांग्रेस एमालेको मागलाई नेकपाले अस्वीकार गरेको थियो । यसअघि मंगलबार कांग्रेसलाई ७, एमालेलाई ७, माओवादीलाई ३ र लोसपारजसपालाई १ सिट दिने विषयमा भएको दाबी गरिएको थियो । तर नेकपाले भने चार सिटको अडान छोडेन ।

नयाँ समीकरणअनुसार कांग्रेसले नौं सिट लिएको छ भने एमालेले आठ सिट लिएको छ । यस्तै लोसपाले एक सिट लिएको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले उम्मेदवारको टुंगो लगाएको छ । यद्यपी, महामन्त्री गगन थापाले उम्मेदवार चयन र एमालेसँगको समीकरणमा प्रश्न उठाएका छन् । उनले

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ३६ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय