२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

कांग्रेसका उम्मेदवार चयनप्रति गगन थापाको ‘नोट अफ डिसेन्ट’



काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग गरेको गठबन्धन र उम्मेदवार चयन प्रक्रियाप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले पार्टीको संसदीय बोर्डको मानमर्दन गर्दै गरिएको उम्मेदवार भागवण्डा र एमालेसँगको तालमेलप्रति फरक मत राखेका हुन् । उनले लिखित रुपमा फरक मत राखेको जानकारी दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, ‘आज राष्ट्रियसभा उम्मेदवार चयन गर्ने तरिकाबाट केन्द्रीय कार्यसम्पादन समितिको मानमर्दन भएको छ, संसदीय बोर्डको पनि मानमर्दन भएको छ । त्यसैले महामन्त्रीको हैसियतले मैले यसबारे लिखित रूपमा फरक मत राखेँ।’ यसअघि मंगलबार बसेको कार्यसम्पादन समिति बैठकले उम्मेदवार चयनको जिम्मा सभापतिलाई दिएको थियो । उम्मेदवार चयन संसदीय बोर्डले गर्नुपर्ने भन्दै त्यसप्रति तत्कालै थापाले आपत्ति जनाएका थिए । आज पुनः बुधबार बैठक बस्नुअघि नै उम्मेदवारहरुलाई मनोनयका लागि पार्टीको पत्र दिइसकेको भन्दै उनले लिखित रुपमै फरक मत दर्ज गराएका हुन् ।

उनले यी उम्मेदवारहरुप्रति अपनत्व नलिने पनि चेतावनी दिए । उनले भने, ‘तालमेलका आधारबारे कुनै स्पष्ट र तर्कपूर्ण छलफलबिनै निर्णय गरिएको छ। त्यसैले यसको स्वामित्व हामी लिँदैनौं।’

महामन्त्री थापाले एमालेसँग भएको तालमेलप्रति पनि असन्तुष्टी जनाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १ : ०४ बजे

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि