१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको आह्वान



काठमाडौं । अन्ततः नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् ।

महामन्त्रीद्वयले विज्ञप्ति जारी गरी पुष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गर्दै त्यसमा सहभागी बन्न सबै महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
उनीहरुले विशेष महाधिवेशन सम्बन्धी मागलाई विधानसम्मत भएको दाबी गरेका छन् । ४० प्रतिशत भन्दा बढी प्रतिनधिले हस्ताक्षर गरेर माग गरेको विषयलाई अवहेलना गर्ने कुनै पनि सम्भावना विधानले परिकल्पना नगरेको उनीहरुले स्पष्ट पारेका छन्।

महामन्त्रीद्वयले भनेका छन्, “विधानअनुसार कारणसहित दिइएको निवेदनपछि विशेष महाधिवेशन नबोलाउन नसक्ने अवस्था कांग्रेसको विधानमा कल्पना गरिएको छैन। सो मागलाई असान्दर्भिक वा औचित्यहीन ठहर गर्ने अधिकार पनि कसैलाई प्राप्त छैन।”

थापा र शर्माले बहुमत महाधिवेशन प्रतिनिधिद्वारा गरिएको विशेष महाधिवेशनको माग वैधानिक र राजनीतिक दुवै दृष्टिले बाध्यकारी बनेको उल्लेख गरेका छन् ।

विधानअनुसार विशेष महाधिवेशन नबोलाइनु विधानको उल्लंघन र जिम्मेवारीप्रति उदासीनता हुने बताएका उनीहरूले राजनीतिक दलसम्बन्धी कानुनको पनि यो उल्लंघन हुने चेतावनी दिएका छन्।

महामन्त्रीद्वयले विशेष महाधिवेशनमा उपस्थित भई कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सफल बनाउन सबैमहाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ७ : ३१ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी