२५ पुस २०८२, शुक्रबार | January 9, 2026

निःशुल्क शिविर : २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया



सर्लाही । सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका-१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो ।

शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको हो । शिविरको पहिलो दिन ७९ जना, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिए ।

बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने शल्यक्रिया शिविर सञ्चालन भएको हो । गत पुस १५ गतेदेखि बागमती नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका र बसवरिया गाउँपालिकामा स्क्रिनिङ शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा एक हजार ६८१ जनाको आँखा जाँच गर्दा ३५० को आँखामा मोतिया बिन्दुको समस्या देखिएको थियो ।

प्रतिकूल मौसमका कारण धेरै वृद्ध बिरामीलाई शिविरसम्म ल्याउन नसक्दा सबै बिमारीको आँखाको शल्यक्रिया हुन नसकेको बागमती नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताए । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानबाट डा रचना सिंह रानाको टोली खटिएको थिए भने बागमती नगरपालिकाले बिरामीको खाने बस्ने व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए ।

गत वर्षदेखि तिलगङ्गा आँखा प्रतिष्ठानको शाखाका रूपमा बागमती नगरपालिका-१२, स्वास्थ्य केन्द्रको भवनमा सर्जिकल केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका आँखाको बिमारीले टाढा धाउनुपर्ने बाध्यता हटेको छ । बेलाबेलामा गाउँघरमै निःशुल्क शिविर आयोजना हुँदा सुविधा भएको बागमती नगरपालिका-७ का ७७ वर्षीय वीरबहादुर खड्काले बताए । सतहत्तर वर्षको उमेरमा आँखाको ज्योति फर्किएको भन्दै उनले खुसी व्यक्त गरे ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : ४६ बजे

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष