२५ पुस २०८२, शुक्रबार | January 10, 2026

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरी जनपदतर्फका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले प्रहरी संगठनको रिक्त दरबन्दी पूर्ति गर्न उनीहरूलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा समिति सचिवालयका अनुसार बढुवा सिफारिस प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम गरिएको हो । नियमावलीअनुसार वरिष्ठता, कार्यसम्पादन मूल्यांकन, सेवा अवधि तथा आचरणलाई आधार मानेर बढुवा सिफारिस गरिएको जनाइएको छ ।

बढुवा सिफारिस सूचीमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिंह चौधरी र नकुल पोखरेल रहेका छन् । यस्तै, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा पनि एसएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिसमा परेका अधिकृतहरू नेपाल प्रहरी संगठनभित्र विभिन्न महत्वपूर्ण जिम्मेवारीमा कार्यरत छन् । एसएसपी पदलाई प्रहरी संगठनको महत्वपूर्ण नेतृत्व तह मानिने भएकाले उनीहरू प्रदेशस्तरीय कार्यालय, विशेष सुरक्षा निकाय तथा केन्द्रीय विभागमा नेतृत्वदायी भूमिकामा रहने अपेक्षा गरिएको छ ।

बढुवा सिफारिस सूचीमाथि निर्धारित समयभित्र उजुरी परे-नपरेको अध्ययनपछि अन्तिम निर्णय गरी बढुवा कार्यान्वयन गरिने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : ५२ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा