२८ भदौ २०८३, आइतबार | September 13, 2026

रहबर अन्सारीद्वारा नेकपा परित्याग



काठमाडौं । मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा परित्याग गरेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका अन्सारीले हुलाकमार्फत पार्टीलाई राजीनामा पत्र पठाउँदै औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।

राजीनामापत्रमा अन्सारीले नेकपा संयोजक प्रचण्डप्रति कडा असन्तुष्टि पोखेका छन् । उनले प्रचण्डले मधेश प्रदेशमा दिएको चर्चित सायरी “सागर के तूफान को भी हमने बस में किया है…” स्मरण गर्दै उक्त भनाइ व्यवहारमा लागू हुन नसकेको कटाक्ष गरेका छन् । अन्सारीका अनुसार उक्त सायरी अहिले प्रचण्डको स्मृतिमा मात्र सीमित भएको छ, जसले आफूलाई गहिरो रूपमा चित्त दुखाएको उल्लेख गरेका छन् ।

उनले पार्टीले आफ्नो मूल आत्मा गुमाउँदै गएको टिप्पणी पनि गरेका छन् । राजीनामापत्रमा अन्सारीले साहस, इमानदारी र जोखिम-यी तीनवटै मूल्य-मान्यता माओवादी केन्द्रले परित्याग गरिसकेको आरोप लगाएका छन् । जनताको पक्षमा उभिने र परिवर्तनको एजेन्डा बोकेको पार्टी अहिले व्यवहारमा त्यसअनुसार अघि बढ्न नसकेको उनको भनाइ छ ।

रहबर अन्सारी २०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. १ (प्रदेशसभा क्षेत्र १) बाट निर्वाचित भएका थिए । सो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेश प्रदेशसभामा प्रवेश गरेका थिए । यसअघि उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि माओवादी केन्द्रबाट उम्मेदवारसमेत बनेका थिए ।

अन्सारीको पार्टी परित्यागलाई मधेश प्रदेशको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । निर्वाचनको तयारीका बीच एक प्रभावशाली प्रदेशसभा सदस्यले पार्टी छाड्नुले नेकपाभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको संकेत गर्ने विश्लेषण हुन थालेको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ४ : १९ बजे

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप