२५ पुस २०८२, शुक्रबार | January 9, 2026

रहबर अन्सारीद्वारा नेकपा परित्याग



काठमाडौं । मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा परित्याग गरेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका अन्सारीले हुलाकमार्फत पार्टीलाई राजीनामा पत्र पठाउँदै औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।

राजीनामापत्रमा अन्सारीले नेकपा संयोजक प्रचण्डप्रति कडा असन्तुष्टि पोखेका छन् । उनले प्रचण्डले मधेश प्रदेशमा दिएको चर्चित सायरी “सागर के तूफान को भी हमने बस में किया है…” स्मरण गर्दै उक्त भनाइ व्यवहारमा लागू हुन नसकेको कटाक्ष गरेका छन् । अन्सारीका अनुसार उक्त सायरी अहिले प्रचण्डको स्मृतिमा मात्र सीमित भएको छ, जसले आफूलाई गहिरो रूपमा चित्त दुखाएको उल्लेख गरेका छन् ।

उनले पार्टीले आफ्नो मूल आत्मा गुमाउँदै गएको टिप्पणी पनि गरेका छन् । राजीनामापत्रमा अन्सारीले साहस, इमानदारी र जोखिम-यी तीनवटै मूल्य-मान्यता माओवादी केन्द्रले परित्याग गरिसकेको आरोप लगाएका छन् । जनताको पक्षमा उभिने र परिवर्तनको एजेन्डा बोकेको पार्टी अहिले व्यवहारमा त्यसअनुसार अघि बढ्न नसकेको उनको भनाइ छ ।

रहबर अन्सारी २०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. १ (प्रदेशसभा क्षेत्र १) बाट निर्वाचित भएका थिए । सो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेश प्रदेशसभामा प्रवेश गरेका थिए । यसअघि उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि माओवादी केन्द्रबाट उम्मेदवारसमेत बनेका थिए ।

अन्सारीको पार्टी परित्यागलाई मधेश प्रदेशको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । निर्वाचनको तयारीका बीच एक प्रभावशाली प्रदेशसभा सदस्यले पार्टी छाड्नुले नेकपाभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको संकेत गर्ने विश्लेषण हुन थालेको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ४ : १९ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा