२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

विशेष महाधिवेशन विधानसम्मत हो, सभापति सहभागी बन्नुपर्छ : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको विधानअनुसार नै आयोजना गरिएको स्पष्ट पारेका छन्।

केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले पार्टीकै नेताहरूद्वारा पहल भएको महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति आवश्यक रहेको बताए।

उनले भने, “२७ गते आयोजित विशेष महाधिवेशन पार्टीकै साथीहरूले आयोजना गरेको, विधानसम्मत अधिवेशन हो। सभापतिज्यू सहभागी हुनुहुन्छ भने उहाँकै मान प्रतिष्ठा बढ्छ ।”

थापाले नियमित महाधिवेशन पक्षधरहरूले विधानको अपव्याख्या गर्दै विशेष महाधिवेशनलाई गलत ठहर्याउन खोजेको आरोप लगाए। उनका अनुसार विशेष महाधिवेशन प्रतिनिधिहरूको अधिकार स्थापना गर्ने प्रक्रिया हो र समसामयिक संवेदनशील परिस्थितिका कारण यसको आवश्यकता देखिएको हो।

भदौ २३ र २४ पछि देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बेला केही नेतृत्व त्यसलाई स्वीकार्न तयार नभएको उनले गुनासो गरे। “नीति पनि फेरौं, नेतृत्व पनि फेरौं भन्ने माग उठिरहेको छ,” थापाले भने। विशेष महाधिवेशन गर्दा पार्टी फुट्ने भन्दै हल्ला फैलाइएको दाबी पनि उनले गरे।

उनका अनुसार केही व्यक्तिहरूले महाधिवेशनमा सहभागी नहुन आग्रह गर्ने प्रयास गरे पनि नागरिकसँग पार्टीलाई जोड्ने अभियानमा आफूहरू केन्द्रित रहेको स्पष्ट पारे। उनले पार्टी फुटाउने आरोप निराधार भएको स्पष्ट पारे ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : ४४ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’