२५ पुस २०८२, शुक्रबार | January 10, 2026

कांग्रेस कार्यबहाक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो।

कांग्रेसमा विशेष महाधिवेशनसम्बन्धी उत्पन्न विवाद उत्कर्षमा पुगेको बेला खड्काले पत्रकार सम्मेलन आयोजना गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पत्रकार सम्मेलनमा संस्थापन र शेखर कोइराला निकट नेताहरु उपस्थित हुने बताइएको छ ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो।

विशेष महाधिवेशन पक्षले भने यसको तयारीलाई तिब्र बनाएको छ । काठमाडौंको भृकुटीमण्डपलाई कांग्रेसी झण्डाले सजाइएको छ । महाधिवशेनमा भाग लिन जिल्ला जिल्लाबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी छ । कतिपय जिल्लाले भने विशेष महाधिवेशनमा सहभागी नहुन अपील गरेकाछन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : २४ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा