१ आश्विन २०८३, बिहिबार | September 17, 2026

तोलामा २१ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको घट्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तर, चाँदीको मूल्यमा भने गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच चाँदीको मूल्य भने ओरालो लागेको छ। चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : २६ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको