१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आजका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरेका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्याह्न पौने १२ बजे विज्ञप्ति जारी गर्दै निर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराएका हुन्।

यसअघि कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालालगायत केन्द्रीय नेताहरूलाई सहभागी गराई आज दिउँसो १ बजे सानेपामा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको थियो।

पार्टीभित्र विशेष महाधिवेशनसम्बन्धी विवाद चर्किइरहेका बेला कार्यबहाक सभापतिले पत्रकार सम्मेलन आयोजना गरेका थिए । एक्कासी पत्रकार सम्मेलन स्थगित गरिएको कारण भने खुलाइएको छैन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिसकेका छन्। पार्टीको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन स्थगित गर्न आह्वान गर्दै त्यसमा सहभागी नहुन महाधिवेशनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । तर आज बिहान संस्थापन पक्षकै ३०  जना नेताहरुले हरुले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्न र वार्ता गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १२ : २६ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a