७ आश्विन २०८३, बुधबार | September 23, 2026

रास्वपा-बालेन-कुलमानको एकतालक्षित ओलीको टिप्पणी : ‘विध्वंसलाई वैधता दिन खोजिँदैछ’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिको पुनरागमन स्पष्ट देखिन थालेपछि विध्वंस र अराजकताका पक्षधरहरू एकजुट हुन थालेको टिप्पणी गरेका छन् । शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच देखिएको एकतालक्षित गतिविधिप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिलाई किनारामा पार्न असफल भएपछि भदौ २४ को विध्वंसलाई वैधता दिन खोज्ने तत्वहरू अहिले एक ठाउँमा उभिन थालेको आरोप लगाए । उनले हाल चलाइएको ‘पुराना दल’ र ‘नयाँ दल’बीचको बहस वास्तविक ध्रुवीकरण नभएको उल्लेख गर्दै वास्तविक ध्रुवीकरण विध्वंसलाई वैध ठान्ने र नठान्ने शक्तिहरूबीच रहेको जिकिर गरे ।

उनका अनुसार यो संघर्ष कुनै राजनीतिक विचारधारा, दर्शन वा पुस्ताबीचको नभई लोकतान्त्रिक मूल्य-मान्यता जोगाउने कि तोडफोड, अराजकता र हिंसालाई स्वीकार गर्ने भन्नेबीचको हो । अध्यक्ष ओलीले लोकतन्त्र राजनीतिक दलहरूको भूमिकाबाट मात्र संस्थागत र बलियो हुने स्पष्ट पारे ।

उनले पछिल्लो समय विचार, सार्वजनिक जवाफदेहिता र सामाजिक नैतिकताका हिसाबले विवादास्पद व्यक्तिहरू संगठित रूपमा लोकतान्त्रिक प्रणाली र संवैधानिक संस्थामाथि चुनौती दिइरहेको बताए । ‘अवतारी नायक’ जन्मिएर सबै समस्या एकैपटक समाधान हुन्छ भन्ने खालको भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले यसप्रति सचेत रहन आग्रह गरे ।

अध्यक्ष ओलीले विध्वंस र पपुलिज्म कुनै पनि हालतमा अग्रगामी विकल्प हुन नसक्ने स्पष्ट पार्दै पपुलिज्मले मुलुकको राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिए । सत्तामा पुग्न जुनसुकै भावना बेच्न सकिने प्रवृत्तिका कारण पपुलिज्मले नेपालमा गम्भीर भूराजनीतिक जोखिमसमेत निम्त्याउन सक्ने उनको भनाइ थियो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन, पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणमा एमालेको भूमिकाबारे पनि धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : ४३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज