१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

रुपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीको समीक्षा, सबैको साथले प्रतिकुल समयमा अपेक्षित सफलता प्राप्त



बुटवल । रुपन्देही उद्योग संघले पौष ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को समीक्षा बैठक शनिबार सम्पन्न भएको छ । संघका पूर्वअध्यक्ष, सल्लाहकार, मूल आयोजक समिति सदस्य तथा पदाधिकारीहरू सहभागी रहेको बैठकमा, प्रतिकूल परिस्थितिमा पनि प्रदर्शनीले अपेक्षिता सफलता हासिल गरेको निष्कर्ष निकालिएको छ ।

बैठकमा सहभागीहरूले प्रदर्शनीले स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदान-प्रदान, नेपाली उद्योगका लागि अवसरको खोजी, उत्पादन-उपभोक्ता तथा सरकारी निकायबीच अन्तरसम्वाद, आन्तरिक र बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीको प्रोत्साहन, पर्यटन क्षेत्रका व्यवस्थाबारे छलफल र औद्योगिक जनशक्ति निर्माणमा योगदान पुगेको निष्कर्ष सार्वजनिक गरे ।

समीक्षा बैठकले प्रदर्शनीको क्रममा कुनै अप्रिय घटना नभएको र अत्याधुनिक प्रविधिको प्रयोगले हराएका स्कुटर, मोबाइल, पर्स लगायतका वस्तुहरू फेला परेको तथ्यलाई पनि महत्वपूर्ण ठहर गरेको छ । चिसो मौसमका कारण केही अवलोकनकर्ता कमी भए पनि समग्रमा कार्यक्रम सकारात्मक र सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।

रुपन्देही उद्योग संघले “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” मूल नारासहित प्रदर्शनी आयोजना गरेको थियो । संघले २०४५ सालमा नेपालमै पहिलो औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो भने २०५३ सालदेखि निरन्तर आयोजना गर्दै आइरहेको छ । यसैबीच विभिन्न संस्थाले बीचमा आयोजना गरेकाले हाल १६ औं संस्करणमा पुगेको हो ।

बैठकमा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता र महासचिव सुमन बस्यालको संचालनमा पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ लुम्बिनी अध्यक्ष एजाज आलम, पूर्वअध्यक्ष तेजकुमार पाठक, बाबुराम बोहोरा, माधवप्रसाद पौडेल र निवर्तमान अध्यक्ष दिलिप सापकोटाले प्रदर्शनीको ब्राण्डलाई निरन्तरता दिँदै सफल बनाएको धारणा राखेका थिए ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला-जुत्ता, खाद्यान्न, सूचना प्रविधि लगायतका करिव ४५० स्टलहरू स्थापना गरिएको थियो । करिव ८ लाख दर्शकले अवलोकन गरेका थिए भने ३० करोड रुपैयाँ बराबरको कारोबार भएको संघले जनाएको छ ।

साथै प्रदर्शनीमा नयाँ प्रविधि खोज, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमी प्रोत्साहन, स्टार्टअप र स्वरोजगार सिर्जना, प्यानल छलफल मार्फत उद्योग र पर्यटन क्षेत्रका चुनौती र सम्भावनामा विस्तृत संवाद गरिएको थियो ।

बैठकमा सबै उपसमितिका संयोजकहरूले लिखित रूपमा अनुभव र सुझाव प्रस्तुत गरेका थिए । अध्यक्ष पराजुलीले यसलाई संस्थागत बनाउन स्मारिका प्रकाशन गरिने जानकारी दिए । उनले प्रदर्शनीलाई सफल बनाउन साथ दिने सबै पक्षप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : २० बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान