२८ असार २०८३, आइतबार | July 13, 2026

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको नेतृत्व ज्येष्ठ प्रतिनिधिले गर्ने



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भोलिदेखि सुरु हुने विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको बलमा महामन्त्रीद्वयले आह्वान गरेको विशेषमहाधिवशेन काठमाडौंको भृकुटीमण्डमा हुँदैछ ।

बन्दसत्रको सभापतित्व पार्टीका ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने विशेष महाधिवेशन सचिवालयले जनाएको छ । उद्घाटन सत्रको सभापतित्व भने काठमाडौं जिल्ला सभापतिले गर्ने छन् ।

महाधिवेशन व्यवस्थापन समितिका अनुसार प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू हिजोदेखि तीव्र गतिमा अघि बढिरहेका छन्। देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउन थालेसँगै स्वयंसेवकहरूको व्यापक परिचालन गरिएको छ ।

महाधिवेशन स्थल व्यवस्थापनलाई व्यवस्थित बनाइएको छ । मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहेकै बेला प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले महाधिवेशन क्षेत्र थप सक्रिय बनेको देखिन्छ।

यो महाधिवेशनलाई लिएर पार्टीको संस्थापन पक्ष र इतर पक्षबीच चरम अविश्वास बढिरहँदा पार्टी फुटको खतरा पनि त्यत्तिकै बढीरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : १३ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली