२७ पुस २०८२, आइतबार | January 11, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरमा आज बसेको बैठकमा ११ औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो ।

बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा गरेको संशोधनमा आधारित रहेर पार्टी नियमावलीमा आवश्यक संशोधन र केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयको अनुमोदन गर्दै सम्पन्न भएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए । उनले बैठकमा ११ औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरणअनुसार करिब रु आठ करोड खर्च भएको बताए ।

यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरे । बैठकमा भयरहित वातावरणमा निर्वाचन गराउन ध्यानाकर्षण गराइएको प्रचार विभाग प्रमुख शाहीले बताए ।

पार्टीले संसद् पुनःस्थापनाको एजेन्डा र निर्वाचनलाई सँगसँगै लैजाने निर्णय गरेकोसमेत उनले जानकारी दिए । “निर्वाचनको प्रभावकारी वातावरण अझै बनिनसकेको हुनाले संसद् पुनःस्थापना र निर्वाचनको एजेन्डालाई सँगसँगै लिएर जाने निर्णय भएको छ”, उनले भने ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले महाधिवेशनले ३१ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताउँदै ३४ प्रतिशत नेता ५० वर्षभन्दा कम उमेरका रहेका जानकारी दिए । बैठक तीन दिनसम्म सञ्चालन गर्ने भनिए पनि निर्वाचनको तयारी गर्नुपर्ने भएकाले आज मात्र बसेको हो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ५३ बजे

नाउपा सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री धर्मबहादुर चौधरी उज्यालो

गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन

काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

काठमाडौं । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण

आइतबार सुनको मूल्य २८सय रुपैयाँले महंगियो

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि

विशेष महाधिवेशनका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम