२७ पुस २०८२, आइतबार | January 11, 2026

कांग्रेस विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा कांग्रेस निकट पत्रकारहरूको जोड



काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूले भोलिदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशनले पार्टीभत्र एकताको सन्देश दिनुपर्ने बताएका छन् ।

विशेष महाधिवेशन पक्षधरद्वारा पुस २७ र २८ गते हुन लागेको विशेष महाधिवेशन मिडिया सेन्टरले आज यहाँ आयोजना गरेको परामर्श कार्यक्रममा पत्रकारहरूले विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्ने बताएका हुन् ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले विशेष महाधिवेशनले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले नेपाली कांग्रेसमा राष्ट्रियता परिपक्व नीति अपनाएको भन्दै सही नीतिलाई नेतृत्व गर्न सही नेता आउनुपर्ने बताए ।

प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले कांग्रेसको विधान धारा १७ (२) ले राजनीतिक संस्कारलाई बोकेको भन्दै यसलाई सहज रूपमा स्वीकार गर्नुपर्ने बताए ।

प्रेस युनियनका सल्लाहकार तेजप्रसाद पण्डित, अनिता बिन्दू र दामोदरप्रसाद दवाडीले विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने भाष्य स्थापित पार्न खोजेका भन्दै यस प्रयत्नलाई निस्तेज पार्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

युनियनका उपाध्यक्ष जीवन भण्डारीले सुझावका लागि कार्यक्रमको आयोजना गरिएको र सोहीअनुसार विशेष महाधिवेशनको मिडिया सेन्टरमार्फत सत्यतथ्य समाचार उपलब्ध गराइने बताए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : ४७ बजे

देश विकासमा सबै लाग्नुपर्छ : अभिनेता हमाल

झापा । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

कांग्रेस विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि

महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै परिवर्तन गर्न सक्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी राजनीतिको सर्वोच्च

पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जता हुन्छन्, त्यहीँ पार्टी हुन्छ : महेश आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले बहुमत