१३ माघ २०८२, मंगलबार | January 27, 2026

रास्वपाद्वारा उज्यालो नेपाल पक्षका १७ समानुपातिक उम्मेदवारको नाम हटाइयो, दलित क्लस्टरको पहिलो नम्बरमा रीमा विश्वकर्मा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीतर्फबाट समावेश गरिएका १७ जना समानुपातिक उम्मेदवारको नाम हटाउँदै सूची अद्यावधिक गरेको छ । रास्वपाले आइतबार बिहान निर्वाचन कार्यालयमा पुगेर समानुपातिक उम्मेदवारको संशोधित सूची दर्ता गराएको हो ।

अद्यावधिक सूचीअनुसार दलित क्लस्टरको पहिलो नम्बरमा रहेकी रीमा विश्वकर्माबाहेक उज्यालो नेपाल पक्षसँग सम्बन्धित सबै समानुपातिक उम्मेदवारको नाम काटिएको छ । रास्वपाका एक नेताका अनुसार रीमा विश्वकर्मा रास्वपामै रहने निर्णय गरेकाले उनको नाम सूचीमा यथावत् राखिएको हो ।

“रीमा विश्वकर्मा दलित क्लस्टरको पहिलो नम्बरमा हुनुहुन्छ । उहाँ रास्वपामै रहने भएपछि उहाँको नाम मात्र नकाटिएको हो,” ती नेताले भने, “उज्यालो नेपाल पार्टीसँगको सहमति तोडिएसँगै कुलमान पक्षका १७ जना समानुपातिक उम्मेदवारको नाम सूचीबाट हटाइएको छ ।”

यसअघि रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको सहमतिअनुसार उज्यालो नेपाल पक्षलाई उपसभापति पदसहित समानुपातिक उम्मेदवार सूचीमा ३० प्रतिशत हिस्सा दिने सहमति भएको थियो । तर, उक्त सहमति शनिबार (पुस २६) औपचारिक रूपमा भंग भएपछि रास्वपाले समानुपातिक सूची पुनःसंरचना गरेको हो ।

रास्वपाले कुलमान घिसिङ पक्षका १७ जना उम्मेदवार हटाएर रास्वपा र बालेन शाह पक्षबाट ११० जना समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरी निर्वाचन कार्यालयमा बुझाएको जनाएको छ । पार्टीभित्रको एकता प्रक्रिया विफल भएपछि त्यसको प्रत्यक्ष असर समानुपातिक उम्मेदवारको सूचीमा परेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : २३ बजे

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ