२८ पुस २०८२, सोमबार | January 12, 2026

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले महाराजगन्जमा बोलाए आफू निकटका नेता



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी रहँदा पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना निकट नेताहरूलाई महाराजगन्जस्थित निजी निवासमा बोलाएका छन् । विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक राजनीति तातेको बेला देउवाको यो कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित वरिष्ठ नेता रमेश लेखक देउवा निवास पुगिसकेका छन् । उनीहरूबीच वर्तमान राजनीतिक अवस्था, विशेष महाधिवेशनको प्रभाव, पार्टीको भावी रणनीति तथा नेतृत्वको भूमिकाबारे छलफल भइरहेको बुझिएको छ ।

ती नेताका अनुसार अन्य नेताहरू पनि देउवा निवासतर्फ आउने क्रम जारी रहेको छ । विशेष महाधिवेशनले पार्टीभित्र देखिएको असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नका बीच सभापति देउवाले निकट नेताहरूसँग परामर्श थालेका हुन् ।

उल्लेखनीय छ, पार्टीभित्र बढ्दो असन्तुष्टि र आन्तरिक मतभेदलाई मध्यनजर गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । सोही आह्वानअनुसार भृकुटीमण्डपमा महाधिवेशन चलिरहेको छ, जहाँ नेतृत्व, नीति तथा संगठनात्मक सुधारका विषयमा बहस भइरहेको छ ।

विशेष महाधिवेशन र देउवाको समानान्तर राजनीतिक गतिविधिले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भावी दिशामा गहिरो प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ५५ बजे

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले स्वदेशमा नै विकसित

विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान १० बजेदेखि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका-५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि