१३ भदौ २०८३, शनिबार | August 29, 2026

कांग्रेसलाई कम्युनिष्टमुक्त बनाउँदै पुरानै विरासतमा फर्काउनुपर्छ : गण्डकी सभापति शुक्रराज शर्मा



काठमाडौं । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेस कम्युनिष्टमुक्त बन्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले सुधारको आधार कम्युनिष्टमुक्त बनेर आफ्नै ऐतिहासिक विरासतमा फर्किने रहेको बताएकाहुन् ।

कांग्रेसले आफ्नो मूल विचार र आदर्श बिर्सिएर कम्युनिस्ट शक्तिको पछि लाग्दा पार्टी कमजोर बनेको उनले विश्लेषण गरे । कम्युनिस्टको मुद्दा बोकेर हिँड्दा कम्युनिस्टसँग नटाँसिई एक पाइला हिँड्न नसक्ने अवस्था आएको जिकिर गर्दै उनले अब कांग्रेसलाई कम्युनिस्टबाट मुक्त बनाउनुपर्ने भएको बताए। उनले चारतारे झण्डा लिएर एक्लै चुनावमा जान सक्ने कांग्रेस बनाउनुपर्ने बताए ।

उनले कांग्रेस अब पुनः संवैधानिक राजतन्त्रको अवस्थामा फर्किनुपर्ने माग गरे । ०६१ सालअघि कांग्रेसले अवलम्बन गरेको सिद्धान्त र विचारलाई पुनः आत्मसात् गर्ने वातावराण बनाउने आग्रह गर्दै उनले भने, “प्रजातन्त्रको अर्थ लोकतन्त्र होइन, हामी प्रजातन्त्रका लागि लडेका हौँ । नेपाली कांग्रेसलाई लोकतन्त्र भनेर कम्युनिस्टको गन्धबाट मुक्त पार्न आवश्यक छ।”

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : २६ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक