काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र बिहान १० बजेका लागि सारिएको छ । देशभरबाट महाधिवेशन प्रतिनिधि थपिने क्रम जारी रहेपछि बन्दसत्रको समय थपिएको हो ।
उदघाटन सत्रको दिन (आज) साँझ सम्म ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएको दाबी गरिएको छ । दुई हजार दुई सय भन्दा बढी महाधिवेशन प्रतिनिधिले उपस्थिती दर्ता गरेको भनिए पनि फाइलहरू रुजु गर्नुपर्ने भएकाले सोमबारमात्र यकिन विवरण आउने छ ।
विशेष महाधिवेशनको प्रचार प्रसार संयोजक सुवास पोखरेलले बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुने र १० बजेदेखि बन्द सत्र चालु हुने जानकारी दिए ।
काठमाडौं उपस्थित भएका कतिपय प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नभ्याएको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने विशेष महाधिवेशन पक्षका एक नेताले बताए ।


















प्रतिक्रिया