काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भैरहेको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र ढिलोगरी सुरु भएको हो । यसअघि आज बिहान ८ बजेबाट बन्दसत्र सुरु गर्ने भनिएको थियो । प्रतिनिधिहरुको नाम दर्ताकार्य नसकिँदा बन्दसत्र पनि ढिलो भएको हो ।
महाधिवेशनका प्रतिनिधिहरु बन्दसत्र हलमा सहभागी भैरहेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भइसकेका छन्।
बन्दसत्रको अध्यक्षता जेष्ठ सदस्य ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले गरेका छन् ।
आजको बन्दसत्रमा थापा र शर्माले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्ने पक्षधरहरुको दाबी छ । उता विशेष महाधिवेशनमा सहभागी नभएको पार्टीको संस्थापन पक्षले भने कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन देउवा निवासमा छलफल गरिरहेको छ ।


















प्रतिक्रिया