१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

दाबी भुक्तानी नपाएपछि त्रिबि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने



काठमाडौं । विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय गरेको छ । टिचिङ अस्पताल अस्पताल प्रशासनले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालबाट सेवाग्राहीले बीमकलाई सेवा प्रदान गरेपनि विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको भन्दै बीमाको सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी छ । अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत गरेपछि थप समस्या आएको हो ।

अस्पतालले विभिन्न आर्थिक वर्षमा दाबी गरेको रकममध्ये ठूलो हिस्सा भुक्तानी हुन बाँकी रहेको अस्पतालका सहायक सूचना अधिकारी काली प्रसाद रोसायराले जानकारी दिए ।

उता बोर्डले भने सरकारले प्रर्याप्त अनुदान नदिए पछि बोर्डले सेवा प्रदायक संस्थालाई भुक्तानी दिन नसकेको जनाएको छ । बनेर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि टिचिङ अस्पतालसँगै अन्य अस्पतालहरूले पनि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ४६ बजे

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली

वर्षाले क्रिकेट मैदान जलमग्न भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

घण्टीघरमा रास्वपा सचिवालय बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय