१९ असार २०८३, शुक्रबार | July 3, 2026

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपील



काठमाडौं । विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता र आन्तरिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति खड्काले वर्तमान राजनीतिक तथा राष्ट्रिय परिस्थितिमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको जनाएका छन्। पार्टी भित्र देखिएको असहज अवस्थालाई संवाद र आपसी समझदारीमार्फत हल गर्न सकिने भएकाले अनावश्यक विवाद र गुटगत गतिविधिबाट टाढा रहन उनले नेताकार्यकर्तालाई अनुरोध गरेका हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमतभन्दा बढी प्रतिनिधिहरु सहभागी भै नयाँ नेतृत्व समेत चयन गर्ने गरी कार्यविधि परिवर्तन गरेपछि पार्टी एकताको अपील गर्दै खड्काको विज्ञप्ति आएको हो ।

खड्काले भनेका छन्, ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ,’ उनले भनेका छन्,’यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’

“देश गम्भीर राजनीतिक र आर्थिक सङ्कटको चरणमा छ, यस्तो अवस्थामा पार्टीभित्रको असहजतालाई चाँडै समाप्त पार्दै एकताबद्ध ढङ्गले अगाडि बढ्नु जरुरी छ,” विज्ञप्तिमा भनिएको छ, “पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगरी कांग्रेसलाई संस्थागत र सबल बनाउन लागौँ।”

विशेष महाधिवेशनको प्रक्रियालाई शान्त, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको कार्यवाहक सभापति खड्काको भनाइ छ। उनले पार्टीभित्र उत्पन्न हुन सक्ने भ्रम, अविश्वास र कटुतालाई चिर्दै आगामी राजनीतिक यात्रामा साझा प्रतिबद्धताका साथ अघि बढ्न नेताकार्यकर्तालाई अपिल गरेका छन्।

 

 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ५७ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०