२८ पुस २०८२, सोमबार | January 12, 2026

देउवा समुह र गगन-विश्व समुहबीच वार्ताको प्रयास, वार्ता समिति गठन



काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले १५ औं महाधिवेशनको अवधि सम्मका लागि अन्तरिम केन्द्रीय कार्यसमिति गठन गर्ने तयारी गरेपछि कांग्रेस संस्थापन पक्ष विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न तयार भएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको कार्यबिधि पास भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका हुन् ।

आज दिनभरीको छलफल र कानुनी परामर्शपछि पार्टी विभाजनको संघारमा पुगेको निश्कर्ष निकाल्दै सभापति देउवा महामन्त्रीहरुसंग वार्ता र संवादका लागि राजी भएको कांग्रेसका एक नेताले बताए । संस्थापन पक्षबाट वार्ता गर्न सहमत भएको सन्देश पाएसँगै विवाद मिलाउन विशेष महाधिवेशन पक्षबाट वार्ता समिति गठन भएको छ।

विशेष महाधिवेशनको पक्षबाट संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका छन् । समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन्।

वार्ता टोलीले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकसँग वार्ता गर्ने बताइएको छ । सो सअुमहले वार्तासँगै मंगलबार नयाँ नेतृत्वको निर्वाचनको तयारी पनि अघि बढाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ४२ बजे

देउवा समुह र गगन-विश्व समुहबीच वार्ताको प्रयास, वार्ता समिति गठन

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले १५ औं

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह

नेपालगन्ज । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको