काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक बिना निश्कर्ष टुंगिएको छ । विवाद समाधानका लागि भन्दै बसेको बैठकमा सहमति नजुटेपछि पुनः बस्ने गरि वर्था टुंग्एिको हो ।
काठमाडौंमा जारी विशेष महाधिवेशनलाई स्वीकार्न संस्थगापन पक्ष तयार नदेखिएपछि पुनः बस्ने गरि वार्ता छाडेर निस्केको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका मधु आचार्यले जानकारी दिए । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले वर्तामा विषय प्रवेश मात्रै भएको कुनै सहमति नजुटेको बताए ।.
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।


















प्रतिक्रिया