२९ पुस २०८२, मंगलबार | January 13, 2026

विशेष महाधिवेशन स्थलमा नाराबाजी, निर्वाचन प्रक्रिया सुरु गर्न माग



काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा यथासिघ्र निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै नाराबाजी भएको छ । महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन प्रक्रिया सुरु गर्न र महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।

मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै सुरु गरेको नाराबाजीमा अन्य प्रदेशका प्रतिनिधिहरुले पनि ताली बजाएर समर्थन गरेका छन् ।

संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिएका हुन् । महाधिवेसन प्रतिनिधि र अरु कार्यकर्ता जम्मा भएर १४ औँ महाधिवेसनबाट निर्वाचित केन्द्रीय समिति भंग गर्दै नयाँ नेतृत्व चुन्न माग गरिरहेका छन् ।

विशेष महाधिवेशन पक्षधर र शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षबीच वार्ता भइरहेका कारण विशेष महाधिवेशनमा नेतृत्व चयनमा आलटाल भइरहेको छ। पहिलो चरणको वार्तामा सहमति जुट्न नसकेपछि पुन्ः वार्ताको प्रयास भइरहेको बताइएको छ ।

बिहान भएको वर्तामा उठेका विषयमा छलफल गर्न अहिले शेखर कोइराला तर्फका वार्ता टोली र सभापति शेरबहादुर समुहका वार्ता टोली सभापति देउवासँग छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : २४ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

सावधान! चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन

कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको

नेकपा नेताहरुले खाए नैतिक आचरणयुक्त जीवन बिताउने शपथ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ