१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशन, आजै ९ बजेबाट मतदान



काठमाडौं । कांगैस सभापति शेरबहादुर देउवा निवासमा विवाद समाधानको विन्दु खोज्न छलफल चलिरहेका बेला नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका तर्फबाट संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सार्वजनिक कार्यतालिका अनुसार, आजै १२ः३० बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने छ । साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ ।

सार्वजनिक कार्यतालिकामा मध्यान्ह १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन गर्ने तथा मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ ।

दिउँसो ४ बजे मतदाताको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । ४ बजे नै मनोनयन दर्ता, ४ः३० देखि ५ बजे सम्म दाबी बिरोध र ८ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यबिधिमा उल्लेख छ ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । खम्बबहादुर खाती नेतृत्वमा रहेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ४४ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५