२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदै, विशेष महाधिवेशन पक्ष भृकुटीमण्डपमा



काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा तीव्र बनेको आन्तरिक विवादका बीच आज पार्टीको केन्द्रीय समिति बैठक सुरू हुन लागेको छ।

बुधबार बिहान ८ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलाइपछि सुरू हुन लागेको हो। बैठकमा सहभागी हुन नेताहरू सानेपा पुगेका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरहरु नयाँ नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले मंगलबार बिहान ११ बजेका लागि केन्द्रीय केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो। तर, निरन्तर सर्दै बैठक आज बिहान ८ बजेसम्मका लागि स्थगित भएको थियो । यसबीच पार्टीलाई विभाजनबाट जोगाउने प्रयासस्वरुप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरहरुबीच चरण चरणमा वार्ता र छलफल पनि भएको छ ।

आज बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा एवं विश्वप्रकाश शर्माबीच छलफल भएको छ । छलफलका क्रममा सभापति देउवाले निर्वाचन आयोगमा टिकट वितरण गर्ने कागजमा समेत आफुले हस्ताक्षर नगर्ने वचन महामन्त्रीहरुलाई दिएका छन् । यद्यपी, सभापतिले तत्कालै राजीनामा दिनुपर्ने या सम्पूर्ण कामबाट निस्कृय बन्नुपर्ने महामन्त्रीहरुको अडान कायमै छ ।

संवादले सौहार्दपूर्ण सहमति सिर्जना गर्न नसकेको कांग्रेस नेताहरूले बताएका छन्। त्यसैले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच थप संवादको सम्भावना अन्योलमा रहेको आकलन पार्टीभित्रैबाट गरिएको छ।

यसबीच विशेष महाधिवेशन पक्षले आजको केन्द्रीय समिति बैठकमा सहभागी नहुने स्पष्ट गरिसकेको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ०२ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको