काठमाडौं । विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले केन्द्रीय कार्यसम्पादन समितिबाट आगामी वैशाख अन्तिम साता १५औँ महाधिवेशन गर्ने गरि गरेको निर्णय अनुमोदन गरेको छ ।
विशेष महाधिवेशनले बिघटन गरेको कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले वैशाखमा १५औँ महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको हो । पुस पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशन आगामी वैशाख २८-३१ मा गर्ने गरी कार्यतालिका संशोधन गरेको थियो।
त्यसअघि गत मंसिरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २७–२९ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। तोकिएको समयमा प्रक्रिया अघि बढ्न नसकेपछि संशोधन गरेर वैशाखमा सारिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।


















प्रतिक्रिया