१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेसको निर्णय अद्यावधिक गराउन गगन थापा नेतृत्वको टोली निर्वाचन आयोगमा



काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित नेताहरू पार्टीको विशेष महाधिवेशनपछिका निर्णय औपचारिक रूपमा अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका छन् ।

बिहीबार ललितपुरको कुपण्डोलमा सम्पन्न नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछि भएका निर्णयहरू आयोगमा दर्ता तथा अद्यावधिक गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा अन्य पदाधिकारीसहितको टोली केहीबेरअघि निर्वाचन आयोग पुगेको हो ।

नवनियुक्त पार्टी प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वका निर्णयहरू कानुनी तथा प्रशासनिक रूपमा कार्यान्वयन गर्न आयोगमा पुगेको जानकारी दिए । उनका अनुसार पार्टीको आधिकारिक हस्ताक्षर परिवर्तन, उम्मेदवार प्रयोजनका लागि प्रयोग हुने हस्ताक्षर अद्यावधिक तथा समानुपातिक उम्मेदवारको सूची संशोधनसम्बन्धी निर्णयहरू आयोगमा प्रस्तुत गरिनेछ ।

‘विशेष महाधिवेशनपछिको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाने तथा उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्न र समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न आयोग जाने निर्णय भएको हो,’ चालिसेले भने ।

बैठकले नेपाली कांग्रेसका सभापतिको हैसियतमा यसअघि शेरबहादुर देउवाले प्रयोग गर्दै आएको हस्ताक्षर हटाई नयाँ सभापति गगन थापाको हस्ताक्षर कायम गराउने निर्णय गरेको जनाइएको छ । सो निर्णयलाई औपचारिक मान्यता दिलाउन आयोगमा निवेदन दिइएको छ ।

प्रवक्ता चालिसेले आयोगमा आवश्यक कागजात र निर्णय पेस गरेपछि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी देखिएको विवाद निर्वाचन आयोगले यथाशक्य चाँडो समाधान गरिदिने अपेक्षा गरिएको बताए ।

विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व, संगठनात्मक संरचना तथा निर्णयहरू कार्यान्वयनको चरणमा पुगेका छन् । आयोगको निर्णयसँगै कांग्रेसको नयाँ नेतृत्वले आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीलाई तीव्र बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ३ : १८ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि