१ माघ २०८२, बिहिबार | January 15, 2026

कांग्रेसको निर्णय अद्यावधिक गराउन गगन थापा नेतृत्वको टोली निर्वाचन आयोगमा



काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित नेताहरू पार्टीको विशेष महाधिवेशनपछिका निर्णय औपचारिक रूपमा अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका छन् ।

बिहीबार ललितपुरको कुपण्डोलमा सम्पन्न नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछि भएका निर्णयहरू आयोगमा दर्ता तथा अद्यावधिक गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा अन्य पदाधिकारीसहितको टोली केहीबेरअघि निर्वाचन आयोग पुगेको हो ।

नवनियुक्त पार्टी प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वका निर्णयहरू कानुनी तथा प्रशासनिक रूपमा कार्यान्वयन गर्न आयोगमा पुगेको जानकारी दिए । उनका अनुसार पार्टीको आधिकारिक हस्ताक्षर परिवर्तन, उम्मेदवार प्रयोजनका लागि प्रयोग हुने हस्ताक्षर अद्यावधिक तथा समानुपातिक उम्मेदवारको सूची संशोधनसम्बन्धी निर्णयहरू आयोगमा प्रस्तुत गरिनेछ ।

‘विशेष महाधिवेशनपछिको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाने तथा उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्न र समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न आयोग जाने निर्णय भएको हो,’ चालिसेले भने ।

बैठकले नेपाली कांग्रेसका सभापतिको हैसियतमा यसअघि शेरबहादुर देउवाले प्रयोग गर्दै आएको हस्ताक्षर हटाई नयाँ सभापति गगन थापाको हस्ताक्षर कायम गराउने निर्णय गरेको जनाइएको छ । सो निर्णयलाई औपचारिक मान्यता दिलाउन आयोगमा निवेदन दिइएको छ ।

प्रवक्ता चालिसेले आयोगमा आवश्यक कागजात र निर्णय पेस गरेपछि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी देखिएको विवाद निर्वाचन आयोगले यथाशक्य चाँडो समाधान गरिदिने अपेक्षा गरिएको बताए ।

विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व, संगठनात्मक संरचना तथा निर्णयहरू कार्यान्वयनको चरणमा पुगेका छन् । आयोगको निर्णयसँगै कांग्रेसको नयाँ नेतृत्वले आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीलाई तीव्र बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ३ : १८ बजे

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र