२ माघ २०८२, शुक्रबार | January 16, 2026

पार्टीको आधिकारिकताबारे दबाब र प्रभावमा परेर निर्णय नगर्न आयोगलाई देउवा कांग्रेसको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग दबाब र प्रभावमा परेर कानूनविपरित निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले आयोगले पार्टीको आधिकारिकताका विषयमा कुनै दबाब प्रभावमा परेर संविधान, विधान र कानुनविपरीत निर्णय गरेमा नेपाली कांग्रेस देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुने स्पष्ट पारेका हुन् ।

लोकतन्त्रविरुद्ध कालो बादल मडारिँदै दबाबमा परेर गलत निर्णय भयो भने पार्टी देशव्यापी आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै खड्काले भने, “हामी निर्वाचन आयोगले विधि र संविधानअनुसार निर्णय गर्छ भन्नेमा विश्वास राख्छौं, तर आशंका पनि छ ।” उनले यस्तो नहुने अपेक्षा पनि गरे ।

खड्काले विशेष महाधिवेशन बोलाउने एकमात्र अधिकार केन्द्रीय कार्यसमितिमा रहेको स्पष्ट पारे ।

भृकुटीमण्डपमा आयोजित भनिएको विशेष महाधिवेशनलाई पूर्ण रूपमा अवैधानिक रहेको उनले दाबी गरे । “केन्द्रीय समितिको निर्णयलाई उल्ट्याउने वा अन्यथा गर्ने अधिकार महामन्त्रीलाई छैन”, उनले भने, “यो महाधिवेशन पार्टी विधानविपरीत छ र यसको कुनै वैधानिकता छैन।”

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ४४ बजे

निर्वाचन आयोगले दियो गगन थापा कांग्रेसलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता

सहकारी बेथिति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी छानबिन तथा

एमालेको राजधानी विशेष कमिटीको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संशोधित विधानअनुसार गठित

रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा खुले निर्वाचन कार्यालय

बुटवल । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन

निर्वाचन आयोग परिसरमा कांग्रेसका दुवै पक्षको प्रदर्शन

काठमाडौं । निर्वाचन आयोगको कार्यालय परिसरमा नेपाली कांग्रेसका दुवै पक्षले