१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

निर्वाचन आयोग परिसरमा कांग्रेसका दुवै पक्षको प्रदर्शन



काठमाडौं । निर्वाचन आयोगको कार्यालय परिसरमा नेपाली कांग्रेसका दुवै पक्षले प्रदर्शन गरेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको दाबी गर्ने गगन थापा पक्षका नेता तथा पदाधिकारीहरू आयोग परिसरमै धर्नामा बसेका छन्।

आयोगको मूल गेट बाहिर भने गगन थापा र शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले छुट्टाछुट्टै रूपमा प्रदर्शन गरिरहेका छन्। आयोगको मुख्य प्रवेशद्वारतर्फ गगन पक्षका कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् भने सडकतर्फ देउवा पक्षका समर्थकहरूले नारा लगाइरहेका छन्।

स्थिति नियन्त्रणमा राख्न आयोग परिसर र वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुरक्षा कारण देखाउँदै कार्यालय प्रवेश गर्ने मूल गेट बन्द गरिएको छ।

देउवा पक्षका कार्यकर्ताहरूले गगन थापा पक्षलाई आयोग परिसरबाट बाहिर नहटाए जबर्जस्ती गेट तोडेर भित्र प्रवेश गर्ने चेतावनी दिएका छन्। निर्वाचन आयोगमा कांग्रेसका दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निवेदन दिएका भए पनि आयोगले अहिलेसम्म कुनै निर्णय सुनाएको छैन।

यसैबीच, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत आफूहरूलाई आधिकारिकता नदिइए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए।

प्रदर्शन थप चर्किन सक्ने संकेत देखिएपछि प्रहरीले पानीको फोहोरा प्रहार गर्न ‘वाटर क्यानन’ तयारी अवस्थामा राखेको छ। दुवै समूहको धर्ना र प्रदर्शनका कारण निर्वाचन आयोग अगाडिको सडकमा सवारी आवागमन प्रभावित भई अस्तव्यस्त बनेको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : २२ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि