काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले आयोग गठनको जानकारी दिँदै सहकारीमा देखिएका समस्याको गहिरो अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने उद्देश्य रहेको बताए ।
यसैबीच, सञ्चारमन्त्री खरेलले फागुन २१ गते तय भएको निर्वाचनको मिति यथावत् रहने स्पष्ट पारे । उनले निर्वाचनको मिति परिवर्तन नहुने भन्दै सरकार सोही अनुसार तयारीमा जुटेको बताए ।
“फागुन २१ मा तोकिएको निर्वाचनको मिति यताउता हुँदैन,” उनले भने, “सरकार त्यसैको तयारीमा छ । निर्वाचन गर्ने र गराउने सबै सरोकारवाला पनि यही मितिमा सहमत छन् ।”


















प्रतिक्रिया