३ माघ २०८२, शनिबार | January 17, 2026

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै



काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्षले यो बैठक बोलाएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बैठक आह्वान गरिएको जनाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । यद्यपि निर्वाचन आयोगको निर्णयपछि देउवा-खड्का समूह पार्टीको वैधानिक संरचनाबाहिर पुगेको भन्दै यस बैठकको औपचारिक वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ ।

दोस्रो विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको वैधानिक नेतृत्व सभापति गगनकुमार थापाको हातमा पुगेसँगै शेरबहादुर देउवा र पूर्णबहादुर खड्का नेतृत्वको पक्ष अब दलविहीन समूहमा सीमित भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । आयोगको निर्णयपछि कांग्रेसभित्रको लामो विवाद औपचारिक रूपमा टुंगिएको मानिए पनि देउवा पक्षको पछिल्लो गतिविधिले पार्टीभित्रको असन्तुष्टि अझै पूर्ण रूपमा साम्य नभएको संकेत देखिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ४८ बजे

प्रतिनिधिसभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यका

एमालेको सचिवालय बैठक बस्दै, प्रत्यक्ष उम्मेदवार टुंग्याउँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निर्वाचन आयोगले मान्यता दिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको नेपाली

कालिका मानवज्ञान मावि व्यवस्थापन समितिको अध्यक्षमा नित्यानन्द ज्ञवाली पुनः सर्वसम्मत चयन

बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय