१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै



काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्षले यो बैठक बोलाएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बैठक आह्वान गरिएको जनाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । यद्यपि निर्वाचन आयोगको निर्णयपछि देउवा-खड्का समूह पार्टीको वैधानिक संरचनाबाहिर पुगेको भन्दै यस बैठकको औपचारिक वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ ।

दोस्रो विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको वैधानिक नेतृत्व सभापति गगनकुमार थापाको हातमा पुगेसँगै शेरबहादुर देउवा र पूर्णबहादुर खड्का नेतृत्वको पक्ष अब दलविहीन समूहमा सीमित भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । आयोगको निर्णयपछि कांग्रेसभित्रको लामो विवाद औपचारिक रूपमा टुंगिएको मानिए पनि देउवा पक्षको पछिल्लो गतिविधिले पार्टीभित्रको असन्तुष्टि अझै पूर्ण रूपमा साम्य नभएको संकेत देखिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ४८ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र