१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

राष्ट्रिय सभामा एमालेसँग गठबन्धन होईन सहमति : नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग भएको सहमतिलाई चुनावी गठबन्धनका रूपमा बुझ्न नहुने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रुपमा बुझ्न नहुने बताएका छन् । उनले अघिल्लो केन्द्रीय कार्य समितिले गरेको सहमति कायम रहने स्पष्ट पारे ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि कांग्रेसको धारणा सार्वजनिक गर्दै सहमति कायम गरेर जाने निर्णय भएको चालिसेले बताएका हुन् ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये नेकपाका नेता वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनित गर्नेछन् । गौतमले अवधि केहीदन बाँकी छँदै राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिइसहेका छन् । उनलाई नेकपाले बर्दिया १ बाट चुनाव लडाउने भएको छ ।

बाँकी १८ पदका लागि गत पुस २३ मा मनोनयन भइसकेको छ । निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस, एमाले र जसपा नेपालले भागवण्डा गरेर क्रमश ९(८(१ सिटमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ३७ बजे

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा