२८ असार २०८३, आइतबार | July 13, 2026

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन



झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर फोर्सको झापा कमिटी गठन भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला एवं निर्वाचन क्षेत्र समेत रहेको झापामा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स घोषणा गरिएको हो । एमालेको जिल्ला पार्टी कार्यालय झापामा शनिबार आयोजित कार्यक्रमबाट फोर्सको जिल्ला कमाण्डरमा विकास गिरी चयन भएका छन् । सहायक कमान्डरमा भानु सुब्बा र बाबु लिम्बूलाई जिम्मेवारी दिइएको छ ।

नेसनल भोलेन्टियर फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले झापाको पहिलो जिल्ला नेतृत्व घोषणा गर्दै पदाधिकारीहरूलाई शपथग्रहण गराएका थिए । सो अवसरमा उनले नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गरिने दाबी गरे । उनले देशभित्र भइरहेका विदेशी चलखेलविरुद्ध युवाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै देश बनाउने र बिगार्ने शक्तिबीच भिन्नता छुट्याएर अघि बढ्न युवालाई आह्वान गरे ।

नेसनल भोलेन्टियर फोर्सलाई जिल्लाका टोलटोलमा सुरक्षा दस्ताका रूपमा विस्तार गर्दै लगिने झापा कमान्डर विकास गिरीले बताए । उनका अनुसार अप्ठ्यारो परिस्थितिमा जनसुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले यो फोर्स गठन गरिएको हो ।

 

 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ८ : ०५ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली