१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

महाधिवेशनमा ओलीविरुद्ध उभिएका नेताहरूको टिकट चैट



काठमाडौं । गत मंसिरमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानलविरुद्ध उभिएका अधिकांश नेताहरू यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्नबाट वञ्चित भएका छन्।

एमालेले शनिबार सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महाधिवेशनमा ओली समूहसँग प्रतिस्पर्धा गरेका धेरै नेताहरूलाई टिकट नदिइएको हो। गुल्मी–२ बाट गोकर्ण विष्टबाहेक ओलीविरुद्ध उभिएका प्रायः सबै नेताहरूको टिकट कटौती गरिएको छ।

पार्टी अध्यक्ष ओलीले आफ्नै समूहका नेताहरूलाई प्राथमिकता दिँदै ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूको स्थानमा आफ्ना समर्थकलाई उम्मेदवार बनाएका छन्। अझै पनि केही स्थानमा अध्यक्षको तजबिजीमा निर्णय गर्नेगरी खालि राखिएको छ ।

ताप्लेजुङमा योगेश भट्टराईको स्थान खाली राख्दै उम्मेदवार चयन गर्ने अधिकार अध्यक्षले आफैं राखेका छन् । तेह्रथुमबाट भानुभक्त ढकाललाई टिकट दिइएको छ। यस्तै, यसअघि रुपन्देहीबाट उम्मेदवारी दिँदै आएका विष्णु पौडेललाई पाल्पा–२ बाट उम्मेदवार बनाईंदा सोही क्षेत्रका आकांक्षी ठाकुर गैरेको टिकट खोसिएको छ ।

ओलीविरुद्ध उभिएका गोकुल बाँस्कोटा, विनोद ढकाल, कर्ण थापाहरुको टिकट पनि खोसिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ८ : ४५ बजे

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८