४ माघ २०८२, आइतबार | January 18, 2026

महाधिवेशनमा ओलीविरुद्ध उभिएका नेताहरूको टिकट चैट



काठमाडौं । गत मंसिरमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानलविरुद्ध उभिएका अधिकांश नेताहरू यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्नबाट वञ्चित भएका छन्।

एमालेले शनिबार सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महाधिवेशनमा ओली समूहसँग प्रतिस्पर्धा गरेका धेरै नेताहरूलाई टिकट नदिइएको हो। गुल्मी–२ बाट गोकर्ण विष्टबाहेक ओलीविरुद्ध उभिएका प्रायः सबै नेताहरूको टिकट कटौती गरिएको छ।

पार्टी अध्यक्ष ओलीले आफ्नै समूहका नेताहरूलाई प्राथमिकता दिँदै ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूको स्थानमा आफ्ना समर्थकलाई उम्मेदवार बनाएका छन्। अझै पनि केही स्थानमा अध्यक्षको तजबिजीमा निर्णय गर्नेगरी खालि राखिएको छ ।

ताप्लेजुङमा योगेश भट्टराईको स्थान खाली राख्दै उम्मेदवार चयन गर्ने अधिकार अध्यक्षले आफैं राखेका छन् । तेह्रथुमबाट भानुभक्त ढकाललाई टिकट दिइएको छ। यस्तै, यसअघि रुपन्देहीबाट उम्मेदवारी दिँदै आएका विष्णु पौडेललाई पाल्पा–२ बाट उम्मेदवार बनाईंदा सोही क्षेत्रका आकांक्षी ठाकुर गैरेको टिकट खोसिएको छ ।

ओलीविरुद्ध उभिएका गोकुल बाँस्कोटा, विनोद ढकाल, कर्ण थापाहरुको टिकट पनि खोसिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ८ : ४५ बजे

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित, अर्को बैठक माघ ९ गते

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं। विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

गगन थापा नेतृत्वलाई वैधता नदिन माग गर्दै देउवा पक्ष पुग्यो सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष रिट निवेदन

सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

चन्द्रपुर । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा