काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु भएकोछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भएको बैठक आजबाट सुरु भएको हो । आजको पहिलो बैठक भने पाँच मिनेट बसेर स्थगित भएको छ ।
आजको बैठक दुई वटा शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको हो । शून्य समय, विशेष समय सहित आज कुनै पनि एजेन्डामा छलफल भएन । अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक माघ ९ गते बस्नेगरी स्थगित गरेका छन् ।


















प्रतिक्रिया