४ माघ २०८२, आइतबार | January 18, 2026

रुपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीका उपसमिति तथा कर्मचारीलाई सम्मान



बुटवल । राजधानी बाहिर पहिलो पटक औद्योगिक प्रदर्शनी आयोजना गरेर अलग पहिचान बनाएको रूपन्देही उद्योग संघलाई उक्त ब्रान्डलाई निरन्तरता दिँदै अझ सशक्त रूपमा अघि बढ्न सरोकारवालाहरूले आग्रह गरेका छन् । संघले २०४५ सालमा पहिलो पटक औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो भने २०५३ सालदेखि नियमित रूपमा प्रदर्शनी गर्दै आइरहेको छ ।

संघले यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औँ औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सफल बनाउन सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अध्यक्ष पराजुलीले सबैको समन्वय, सहकार्य र प्रतिबद्धताका कारण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको बताउँदै प्रदर्शनीमा विभिन्न उपसमितिमा रहेर काम गर्ने सदस्यहरू, स्वयंसेवक तथा अस्थायी रूपमा सहयोग पुर्‍याउने कर्मचारीहरूलाई सम्मान गरिएको जानकारी दिए । उनले औद्योगिक प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योग–व्यवसायको विस्तार र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रममा विभिन्न उपसमितिका संयोजक, उपसंयोजक तथा सदस्यहरूलाई सम्मान गरिएको थियो भने प्रदर्शनी अवधिभर खटिएका अस्थायी कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संघका पूर्व उपाध्यक्ष भूपालकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका पूर्व अध्यक्षहरू तेजकुमार पाठक, बाबुराम बोहोरा, माधव पौडेल तथा निवर्तमान अध्यक्ष दिलिप सापकोटालगायतले औद्योगिक प्रदर्शनीले स्थानीय उद्योग, व्यवसाय र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताएका थिए । उनीहरूले रूपन्देही उद्योग संघले सुरु गरेको औद्योगिक प्रदर्शनीको परम्परालाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले गरेका थिए ।

यसैबीच संघको नियमित बैठकले प्रदर्शनी सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई औपचारिक रूपमा धन्यवाद दिने निर्णय गर्दै माघ १५ देखि १७ गतेसम्म संघको आगामी कार्ययोजना निर्माणका लागि कार्ययोजना कार्यशाला आयोजना गर्ने निर्णय गरेको महासचिव सुमन बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ३० बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२