५ माघ २०८२, सोमबार | January 19, 2026

जनकपुर पुगेर बालेनले गरे जानकी मन्दिर दर्शन, रास्वपाको चुनावी सभामा सम्बोधन गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सोमबार बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको दर्शन गरेका छन् । बिहान ६ बज्नुअगावै मन्दिर पुगेका बालेनले विधिपूर्वक पूजा-अर्चना गर्दै दर्शन गरेका हुन् ।

जानकी मन्दिर पुग्दा बालेनसँगै पूर्व सांसद अमरेशकुमार सिंह पनि एउटै पोशाकमा देखिएका थिए । बिहानको समयमै भए पनि मन्दिर परिसरमा बालेनका समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । समर्थकहरूले उनलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।

बालेन रास्वपाले जनकपुरधाममा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले मधेश प्रदेश केन्द्रित सभा आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।

आइतबार मात्रै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेनले सोही दिन रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी चुनावी अभियानका क्रममा जनकपुरधाम पुगेका हुन् ।

मेयर पदबाट राजीनामा दिएर प्रत्यक्ष राष्ट्रिय राजनीतिमा सक्रिय बनेका बालेनको जनकपुर आगमन र धार्मिक स्थल दर्शनलाई आगामी चुनावी अभियानसँग जोडेर चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ०० बजे

सबै उम्मेदवारको टुंगो आजै लाग्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि

टिकट बाँडफाँडमा सहमतिको खोजी : कांग्रेसका तीन समूहबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते

मेची भन्सार : छ महिनामा सात अर्ब १९ करोडको अलैंची निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक

पूर्वमन्त्री यादव एमाले प्रवेश, पर्सा-१ बाट उम्मेदवार बन्ने तयारी

काठमाडौं । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता

एमालेको समानुपातिक बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम समावेश

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्द सूचीमा