२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

जनकपुर पुगेर बालेनले गरे जानकी मन्दिर दर्शन, रास्वपाको चुनावी सभामा सम्बोधन गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सोमबार बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको दर्शन गरेका छन् । बिहान ६ बज्नुअगावै मन्दिर पुगेका बालेनले विधिपूर्वक पूजा-अर्चना गर्दै दर्शन गरेका हुन् ।

जानकी मन्दिर पुग्दा बालेनसँगै पूर्व सांसद अमरेशकुमार सिंह पनि एउटै पोशाकमा देखिएका थिए । बिहानको समयमै भए पनि मन्दिर परिसरमा बालेनका समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । समर्थकहरूले उनलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।

बालेन रास्वपाले जनकपुरधाममा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले मधेश प्रदेश केन्द्रित सभा आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।

आइतबार मात्रै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेनले सोही दिन रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी चुनावी अभियानका क्रममा जनकपुरधाम पुगेका हुन् ।

मेयर पदबाट राजीनामा दिएर प्रत्यक्ष राष्ट्रिय राजनीतिमा सक्रिय बनेका बालेनको जनकपुर आगमन र धार्मिक स्थल दर्शनलाई आगामी चुनावी अभियानसँग जोडेर चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ०० बजे

दाङ-२ : रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

लमजुङमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा, रास्वपाका केसी नजिकै

काठमाडौं । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले)का

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि

झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी

रूपन्देही-२ मा सुलभ खरेलको एकतर्फी अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर