२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

पत्रकारको प्रश्नमा झापा-५ बारे ओलीले भने – “के को इपिसेन्टर ? वाइहात!”



विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो पार्टी चुनावमा जाने स्पष्ट पारेका छन्। तर त्यसका लागि शान्ति सुरक्षाको सुनिश्चितता अनिवार्य रहेको उनले बताएका छन्।

सोमबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा कायम गर्न अझै नसकेको आरोप लगाए। “हामी जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ। तर शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ। त्यो अवस्था अझै बनेको छैन,” उनले भने।

अध्यक्ष ओलीले समाजमा विभिन्न प्रकारका आपराधिक घटनाहरू निरन्तर भइरहेकाले सुरक्षा व्यवस्था कमजोर रहेको दाबी गरे। उनका अनुसार यही कारणले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न हुनेमा आशंका पैदा भएको छ। उनले निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्ने अवस्था देखिनु चिन्ताजनक भएको बताए।

झापा-५ लाई निर्वाचनको ‘इपिसेन्टर’ भनिएको विषयमा सोधिएको प्रश्नमा ओलीले त्यसलाई निराधार र वाहियात संज्ञा दिए। “केको इपिसेन्टर हुन्छ ? वाहियात कुरा, कसले भन्यो ?” भन्दै उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ कुनै पनि हिसाबले निर्वाचनको इपिसेन्टर नरहेको स्पष्ट पारे।

अध्यक्ष ओली आज गृहनगर दमक पुगेर अपराह्न पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। झापा–५ मा हुने निर्वाचनमा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहसँग ओलीको चुनावी प्रतिस्पर्धा हुने बताइएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ३० बजे

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम, पछ्याउँदै शुधान्सु

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो