६ माघ २०८२, मंगलबार | January 20, 2026

गोरखा-२ मा बाबुराम भट्टराईद्वारा मनोनय दर्ता



काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज दिउँसो मनोनयन दर्ता गराएको उनको स्वकीय सचिव रेखी गुरुङले जानकारी दिइन ।

डा भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेनजी अगुवा रिजन राना मगर रहेका छन् ।

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिएका डा भट्टराई संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी गोरखा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ५३ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत