चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।
लामिछाने सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका कारण समयमा उपस्थित हुन नसकेपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले भरतपुर महानगर संयोजक सीता ज्ञवाली लाई वारेस दिएका थिए । लामिछानेका प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहेका छन् ।
लामिछाने यसअघि पनि दुईपटक चितवन–२ बाट उम्मेदवार बनेका थिए । यसपटक तेस्रोपटक सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।


















प्रतिक्रिया