काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार साँझ साढे ६ बजेसम्ममा देशभर दुई हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगले बनाएको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा माघ ७ गते बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ ।
बुधबार नै दिउँसो ३ बजेदेखि माघ ८ गते बिहीबार अपराह्न ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी बिहीबार नै अपराह्न ५ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
आयोगका अनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।


















प्रतिक्रिया