२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी



काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा होमिने तयारी गरेको छ । शुक्रबार पार्टी कार्यालय प्रवेश गर्ने तयारीमा रहेका सभापति थापाले कार्यभार सम्हालेसँगै केन्द्रीय समितिको बैठक बोलाइने र सोही बैठकबाट उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरिएको काँग्रेस स्रोतले जनाएको छ ।

पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ तर्फ जाने कार्यक्रम रहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापाले वारेसमार्फत सर्लाही-४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् ।

गत पुस ३० गते गगन थापाको नेतृत्वमा नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि पार्टीका दुई वटा केन्द्रीय कार्यसमिति बैठक र संसदीय बोर्डको बैठक पार्टी कार्यालय बाहिर पार्टी प्यालेस र होटलमा सम्पन्न भएका थिए ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमितिलाई पार्टी कार्यालय प्रवेश गर्ने वातावरण बनेको हो ।

यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय प्रवेश गर्न नदिने अडान लिँदै रातभर सानेपास्थित पार्टी कार्यालय परिसरमै बसेका थिए । पछिल्लो घटनाक्रमसँगै काँग्रेसभित्रको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ ।

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णयसँगै नेपाली काँग्रेसले आगामी निर्वाचनमा स्पष्ट नेतृत्व र एजेन्डासहित जनतामाझ जाने संकेत दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  २ : ३० बजे

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण