१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रेशम चौधरीको उम्मेदवारी खारेज



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दिइएको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रचलित कानुनअनुसार उनको उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै खारेज गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयद्वारा जारी निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदको लागि हुने निर्वाचनमा प्रस्तुत मनोनयनपत्र प्रचलित कानुनअनुसार कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ ।”

चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । मनोनयन दर्तापछि उनको उम्मेदवारीमाथि कानुनी आधारमा जाँचबुझ गरिएको र त्यसैका आधारमा निर्णय लिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनको उम्मेदवारी खारेज भएसँगै कैलाली-१ को चुनावी समीकरणमा असर पर्ने अनुमान गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले अब यस विषयमा कानुनी वा राजनीतिक रूपमा कस्तो कदम चाल्ने भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ६ : १४ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न