३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह



बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा शिक्षा विकास समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले शिक्षाको गुणस्तरीय सुधारसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षामा सबै विद्यालयले विशेष ध्यान दिनुपर्ने बताए । उनले अक्सफोर्ड माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै समयअनुसार प्रविधिमैत्री शिक्षण पद्धतिमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

प्रमुख अतिथि पन्थीले विश्व बजारमा एआई, च्याट जिपिटी जस्ता प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भ उल्लेख गर्दै अब शिक्षकहरू स्वयं पनि प्रविधिसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको बताए । “शिक्षकहरूले प्रविधिलाई आत्मसाथ गर्दै नयाँ सिकाइ गतिविधि अपनाउन सके मात्र विद्यार्थीलाई समयसापेक्ष शिक्षा दिन सकिन्छ,” उनले भने ।

विद्यालयका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड विद्यालयले व्यवहारिक तथा प्रयोगात्मक शिक्षण सिकाइलाई प्राथमिकतामा राख्दै आएको बताए । विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी संस्कारयुक्त शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै त्यसअनुसार योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रमको अवसरमा कक्षा ९ र १० मा सर्वोउत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका सह-प्राचार्य सुमन भुसाल, अक्सफोर्ड कलेजका प्रमुख मनोज मरासिनी, शिक्षा विकास समन्वय इकाई रुपन्देहीका शाखा अधिकृत झविलाल विश्वकर्मा, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक गतिविधि र उपलब्धिको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : २७ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६