११ माघ २०८२, आइतबार | January 25, 2026

जनकपुरमा गर्ने भनिएको कांग्रेसको मधेशसभा स्थगित



काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको मधेस सभा स्थगित गरेको छ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाकारण उक्त कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस सभापति गगन थापासहितका नेताहरू माघ ११ गते मधेस जाने र माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय भएको थियो।

निर्वाचन आयोगले फागुन ४ गतेसम्म उम्मेदवारहरूले प्रचारप्रसार, सभा–जुलुस गर्न नपाउने स्पष्ट गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि नै आचारसंहिता लागू गरिएको थियो। मनोनयन दर्ता माघ ६ गते सम्पन्न भएको थियो।

मधेस सभाको नयाँ मिति पार्टीभित्र छलफलपछि तय गरिने बताइएको छ ।

कांग्रेस सभापति गगन थापा मधेशकै सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका छन्।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १० : ४६ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)