काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज बिहान १०ः१५ बजे होटेल उडल्यान्डको माथिल्लो तलामा रहेको ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो । आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिएको थियो । आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।

















प्रतिक्रिया